+
+

जागिर छाडेर आईपीएल हेर्न भारत आइन् डेभोन कनवेकी श्रीमती

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १७:०८

१४ जेठ,  काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलको १६औं सिजनको फाइनल खेल आइतबार अहमदवादस्थित नरेन्द्र मोदी स्टेडियममा हुँदैछ ।

घरेलु टोली तथा साविक विजेता गुजरात टाइटन्सले उपाधिका लागि चेन्नाई सुपर किंग्ससँग खेल्दैछ ।

एक लाख भन्दा बढी दर्शक क्षमताको उक्त रंगशालामा फाइनल खेल हेर्न घरेलु समर्थक मात्र नभएर विदेशबाट पनि समर्थकहरु आउँछन् ।

यसमा एक जना त्यस्ता दर्शक पनि छन् जो फाइनल खेल हेर्नका लागि आफ्नो जागिर नै त्यागेर आएका छन् । उनी हुन् चेन्नाईका ओपनर डेभोन कनवेकी श्रीमती किम कनवे ।

न्युजिल्याण्ड मार्केटिङ म्यानेजर पदमा कार्यरत उनी उक्त जागिर छाडेर भारत आएकी हुन् । किमले त्यसका लागि न्युजिल्याण्डबाट १२ हजार किलोमिटर दूरी तय गरिन् ।

चेन्नाईले एक भिडियो सार्वजनिक गरेको छ जसमा किमले आफूले जागिरबाट राजीनामा दिएर आएको बताएकी छन् ।

साथै उनले अब टिचर बन्ने योजना बनाएको पनि बताएकी छन् ।

‘म आईटी कम्पनीमा मार्केटिङ म्यानेजर थिएँ । यहाँ आउनका लागि मैले राजीनामा दिएँ । तर मैले योजना बनाइसकेको छु कि म अब टिचर बन्ने छु र जुन सुरुदेखिकै मेरो प्यासन पनि हो,’ भिडियोमा किमले भनेकी छन् ।

डेभोन कनवेले यस सिजन उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । चेन्नाईका लागि कनवे र रुतुराज गाएकवाडको ओपनिङ जोडी जमेको छ । यो जोडीले चार पटक शतकीय साझेदारी गरेको छ ।

कनवेले यस सिजन १५ खेल खेल्दै ६२५ रन बनाएका छन् । उनी सर्वाधिक रन बनाउनेमा चौथो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?