+
+

बीमाको कुल स्रोत ७ खर्ब १३ अर्ब, ३५ अर्ब ४४ करोडको दाबी भुक्तानी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १७:१७

१४ जेठ, काठमाडौं । बीमा व्यवसायको कुल वित्तीय स्रोत तथा उपयोग ७ खर्ब १३ अर्ब ४७ करोड पुगेको छ । आइतबार आर्थिक सर्वोक्षण २०७९/८० सार्वजनिक गर्दै सरकारले २०७९ फागुनसम्म जीवन बीमा व्यावसाय गर्ने बीमकको स्रोत तथा उपयोग ६ खर्ब २३ अर्ब ८९ करोड र निर्जीवन बीमा व्यावसाय गर्ने बीमकको ८९ अर्ब ५८ करोड पुगेको जनाएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तमा बीमा व्यवसायको कुल वित्तीय स्रोत तथा उपयोग ६ खर्ब ४ अर्ब ३ करोड रहेको बीमा प्राधिकरणले जनाएको छ ।

बीमा कम्पनीको वित्तीय स्रोत तथा उपयोग वृद्धि भएसँगै लगानीयोग्य रकम समेत बढ्दै गएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । आर्थिक वर्ष २०७९/८० को फागुनसम्म लगानीयोग्य रकम ६ खर्ब ८२ अर्ब ४८ करोड पुगेको छ।

कुल लगानीयोग्य रकममध्ये जीवन र निर्जीवन बीमाको अंश क्रमशः ८४.७ प्रतिशत र १५.३ प्रतिशत रहेको जनाएको छ । २०७९ फागुन मसान्तसम्म जीवन बीमा तर्फ १ लाख १३ हजार २६ बीमालेख अन्तर्गत १८ अर्ब ९६ करोड रकम बराबरको दाबी भुक्तानी भएको छ। निर्जीवन बीमातर्फ १ लाख ९ हजार ९ सय ८० बीमालेखको १६ अर्ब ४८ करोड रकम बराबरको कुल दाबी भुक्तानी भएको आर्थिक सर्वोक्षणमा उल्लेख छ । आर्थिक वर्षको ८ महिनामा बीमा कम्पनीहरुले ३४ अर्ब ४४ करोडको बीमा दाबी भुक्तानी गरेका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा जीवन बीमातर्फ ३ लाख ३१ हजार ६ सय ३५ बीमा दाबीको ४४ अर्ब ६० करोड र निर्जीवन बीमातर्फ १ लाख ४१ हजार १ सय ८६ बीमा दाबीको १८ अर्ब ८२ करोड बराबरको दाबी भुक्तानी भएको तथ्यांक सरकारले आर्थिक सर्वेक्षणमा प्रकाशित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?