+
+
Shares

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले विदेशी मुद्रा साट्दा लाग्ने शुल्क बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते २०:५६

१५ जेठ, काठमाडौं । विदेशमा अध्ययन गर्न जाने विद्यार्थींले विदेशी मुद्रा सटही गर्दा त्यस्तो सटही रकममा लाग्ने शिक्षा सेवा शुल्क बढेको छ ।

आर्थिक विधेयक २०८० अनुसार अब विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्क वापत विदेशी मुद्राको सटही सुविधा दिँदा त्यस्तो सटही रकममा तीन प्रतिशत शिक्षा सेवा शुल्क लाग्ने छ ।

यसअघि यो रकम २ प्रतिशत थियो । विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउने बैंक वा वित्तीय संस्थाले शिक्षण सेवा शुल्क वापत संकलन गरेको रकम अर्को महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गरी त्यसको विवरण राजस्व कार्यालयमा पठाउनु पर्ने भएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?