+
+

नवौं इण्डो नेपाल खुला कराते शुक्रबारदेखि

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १६ गते १२:२२

१६ जेठ, काठमाडौं । नेशनल युनाइटेड स्कुलको आयोजना तथा नेपाल गोजु-काई कराते डो-संघको प्राविधिक सहयोगमा शुक्रबारदेखि इण्डो नेपाल खुला कराते प्रतियोगिताको नवौं संस्करण सुरु हुने भएको छ ।

बुढानीलकण्ठस्थित स्कुलको प्रांगणमा शुक्रबार र शनिबार हुने प्रतियोगितामा नेपाल र भारतका २५० भन्दा बढी खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक इन्द्रबहादुर शाहीले जानकारी दिए ।

प्रतियोगितामा नेपालका २२४ र भारतका ३२ जना खेलाडीले काता र कुमुते विधामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा कुमुतेतर्फ महिला र पुरुषको १२–१२ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । कातामा परुष र महिलाको एकल काता समावेश गरिएको छ ।

२४ स्वर्ण, २४ रजन र ४८ कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?