+
+

लिग नसकिंदै जगजित श्रेष्ठ अष्ट्रेलिया फर्किए

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते १०:२४

१७ जेठ, काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबका मिडफिल्डर जगजित श्रेष्ठ क्लब छाडेर अष्ट्रेलिया फर्किएका छन् ।

अष्ट्रेलियामा फुटबल खेल्ने उनी शहीद स्मारक ए डिभिजन लिग २०७९-८० मा त्रिभुवन आर्मीबाट खेल्न नेपाल आएका थिए ।

चोटका कारण केही खेल गुमाएका उनले २२ मध्ये १४ खेल खेलेका थिए । उनले दुई गोलसमेत गरेका छन् ।

आफू अष्ट्रेलिया फर्किसकेको जगजितले पुष्टि गरेका छन् । पारिवारिक कारणले उनी अष्ट्रेलिया फर्किएकाे बुझिएकाे छ ।

क्लबले भने जगजित फर्किएकोबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन । नेपाली सेना शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रका प्रमुख मुनाल बस्नेत जगजित क्लब छाडेर गएको बताए । ‘उनको व्यक्तिगत कारणले गर्दा क्लब छाडेका हुन् । परिवार पनि सँगै ल्याएका थिए । परिवारसँग जान पर्ने भएकोले अहिले गएका हुन्, ‘ बस्नेतले भने ।

लिग यही जेठ २७ गते सकिँदैछ । अब आर्मीले चार खेल खेल्न बाँकी छ । बस्नेतले अब लिगमा थोरै खेल मात्र बाँकी रहेकोले उनी फर्कने सम्भावना कम रहेकाे बताए ।

जगिजतले पछिल्लो पटक आर्मीका लागि गत बुधबार एनआरटीविरुद्ध १-० ले पराजित भएको खेल खेलेका थिए । उक्त खेलमा उनले एक घण्टामात्र खेले । जगजितको स्थानमा ६०औं मिनेटमा जिलेस्पी जंग कार्की मैदान प्रवेश गरेका थिए ।

त्यसपछि आर्मीले मछिन्द्रसँग १-१ को बराबरी खेल्दा र जावलाखेल युथ क्लबसँग २-० ले पराजित हुँदा जगिजत टिममा थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?