+
+

नेपाल-भारत उडानका लागि अतिरिक्त रुट दिन भारत सकारात्मक

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १८ गते १६:१६

१८ जेठ, काठमाडौं । नेपाल र भारतका शहरमा द्विपक्षीय उडान गर्ने गरी हवाई रुट दिन भारत सकारात्मक देखिएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षीसँग हैदरावाद हाउसमा भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका छन् । उनले कम उचाइमा उड्ने एटीआर स्तरका जहाजका लागि भारतले अतिरिक्त इन्ट्री रुट दिने संकेतको स्वागत गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार यस्तो रुट महेन्द्रनगरबाट प्राप्त हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले ‘हाइअल्टिच्यूड एयर इन्ट्री रुट’का लागि भारतसँग अनुरोध गरिएको र यो छिट्टै प्राप्त हुने अपेक्षा गरिएको समेत बताएका छन् । प्राधिकरणका महानिर्देशक अधिकारीका अनुसार बढी उचाइमा उड्ने ठूला जहाजहरुको इन्ट्री रुटका सम्बन्धमा थप छलफल गर्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?