+
+

भारतबाट बढेर आयो डिजेल र पेट्रोलको मूल्य, ग्याँसको घट्यो 

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १८ गते १८:३६

१८ जेठ, काठमाडौं । भारतबाट डिजेल र पेट्रोलको मूल्य बढेर आउँदा ग्याँसको मूल्य भने घटेर प्राप्त भएको छ ।

नेपाल आयल निगमलाई बिहीबार बिहान भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यअनुसार डिजेल लिटरमा २ रुपैयाँ ११ पैसा र पेट्रोलमा २ रुपैयाँ ४ पैसा मूल्य बढेको छ ।

यस्तै हवाई इन्धनको मूल्य लिटरमा ७ रुपैयाँले घटेर आएको छ भने खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर ४९ रुपैयाँले घटेर प्राप्त भएको निगमले जनाएको छ । नयाँ मूल्यपछि १५ दिनमा निगम एक अर्ब ७५ करोड रुपैयाँ नाफामा छ । नयाँ मूल्य पछि उपभोक्ता मूल्य बढाउने वा नबढाउने भन्ने निर्णय भने निगम सञ्चालक समितिले गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?