 
																			१९ जेठ, काठमाडौं । सुनको भाउ लगातार तेस्रो कारोबार दिन पनि बढेको छ । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेसँगै सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १३ हजार ३ सय र तेजावी सुनको मूल्य १ लाख १२ हजार ७५० रुपैयाँ पुगेको छ ।
१८ जेठमा छापावाल सुनको प्रतितोला मूल्य १ लाख १२ हजार ५ सय र तेजावी सुनको मूल्य १ लाख ११ हजार ९५० रुपैयाँमा तोकिएको थियो ।
१७ जेठमा छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रूपैयाँ तोकिएको थियो ।
बजेट घोषणापछि सरकारले वृद्धि गरेको कारण सुनको मूल्य प्रति १० ग्राममा ३ हजार ९ सय रूपैयाँले बढेको थियो । बजेट पछिको तीन दिनमा सुनको मूल्य तोलामा ५ हजार रूपैयाँले बढिसकेको छ ।
शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर शुक्रबार १ हजार ३५ रुपैयाँ तोलामा कारोबार भइरहेको छ । बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार ४१० रुपैयाँ तोकिएको थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4