+
+

शनिबार ५१ दिन मनाउँदै ‘जारी’, कमाइ करिब १७ करोड ग्रस

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १९ गते १४:२६

काठमाडौं । दयाहाङ राई र मिरुना मगर स्टारर ‘जारी’ले शनिबार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । २०८० सालमा प्रदर्शनको ५१ औं दिन मनाउने यो पहिलो फिल्म हो । निर्माता रामबाबु गुरुङको अघिल्लो फिल्म ‘कबड्डी ४’ले पनि यो उपलब्धि हासिल गरेको थियो ।

फिल्मले मुलुकका प्रमुख मल्टिप्लेक्समा यो उपलब्धि हासिल गरेको कार्यकारी निर्माता मणिराम पोखरेलले बताए । ‘चाँडै नै भव्य समारोह आयोजना गरेर यो सफलतामा साथ दिने सबैलाई सम्मान व्यक्त गर्नेछौं,’ उनले भने । ५१ औं दिनको संघारमा पनि यो फिल्म क्यूएफएक्समा तीन शो, बिग मूभिजमा एक शोसहित चलिरहेको छ ।

उपेन्द्र सुब्बा निर्देशित यो फिल्मले लिम्बू समुदायमा रहेको जारी प्रथा र विवाह संस्कृतिको कथालाई पेश गर्छ ।

चलचित्र विकास बोर्डका अनुसार फिल्मले पछिल्लो बुधबारसम्म १४ करोड २० लाख २२ हजार नेट (१६ करोड ७५ लाख ८५ हजार ९६० ग्रस) कमाइ गरेको छ । गत वैशाख १ गते प्रदर्शनमा आएको यो फिल्मले नेपालसहित डायस्पोरा बजारमा समेत उछाल कमाइ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?