+
+

सबै प्रकारका बोतल बन्द जुसमा बढ्यो अन्तःशुल्क

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १९ गते १९:४८

१९ जेठ, काठमाडौं । सरकारले सबै प्रकारका बोतल बन्द जुस पेय पदार्थमा अन्तःशुल्क वृद्धि गरेको छ ।

बोतलमा बन्द गरिएका विभिन्न फ्लेभरका यस्ता जुसमा गरिएको अन्तःशुल्क वृद्धिले सरकारलाई राजस्व बढ्नेछ भने उपभोक्तालाई अतिरिक्त मूल्य थप हुनेछ ।

आर्थिक विधेयक २०८० को शंसोधनअनुसार यसअघि प्रतिलिटर ११ रुपैयाँ रहेको फलफूलको जुसको अन्तःशुल्क २ रुपैयाँले बढाएर १३ रुपैयाँ कायम गरिएको छ ।

सरकारको यस्तो निर्णय पछि स्याउ, अंगुर, भुइँकटहर, पमेलो, क्रयानबेरी, आँपसहितका फलफूल रसयुक्त जुस महँगो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?