+
+

नेपालमा सबभन्दा धेरै क्षेत्री, नुराङ जातिको जनसंख्या ३६ मात्र (विवरणसहित)

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १९ गते २०:३२

१९ जेठ, काठमाडौं । नेपालमा सबैभन्दा धेरै क्षेत्री जातिका मानिस भएको पाइएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसंख्याको १६.४५ प्रतिशत अर्थात ४७ लाख ९६ हजार ९९५ जना क्षेत्री छन् ।

२०६८ सालको जनगणनामा क्षेत्री ४३ लाख ९८ हजार ५३ हजरा अर्थात १६.६० प्रतिशत थिए ।

पहाडी ब्राह्मणको जनसंख्या ११.२९ छ भने तेस्रो नम्बरमा मगर ६.९, चौथो नम्बरमा थारु जातिको जनसंख्या ६.२ प्रतिशत छ ।

२०६८ मा पहाडी ब्राह्मणको जनसंख्या ३२ लाख २६ हजार ९०३ अर्थात १२.१८ प्रतिशत थियो ।

सबभन्दा कम नुराङ जातिका छन् । उनीहरुको संख्या जम्मा ३६ रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । २०६८ सालको जनगणनामा सबैभन्दा थोरै कुसुन्डा २७३ जना थिए भने नुराङ जातिको संख्या २७८ थियो ।

हेर्नुस् पुरा विवरण 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?