+
+

यी हुन् हजारभन्दा कम जनसंख्या भएका ११ जाति

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १९ गते २०:५३
फाइल तस्वीर : राउटे जाति

१९ जेठ, काठमाडौं। नेपालमा सबैभन्दा कम जनसंख्या भएका ११ जाति रहेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार  उनीहरुको जनसंख्या एक हजारभन्दा कम रहेको छ। एक हजारभन्दा कम जनसंख्या हुने जातिहरुमा कलार, फ्री, कोचे, टोप्केगोला, राउटे,  वालुङ, ल्होमी, सुरेल, कुसुण्डा, वनकरिया र नुराङ जातिका छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार कलार जातिको जनसंख्या ९३१, फ्री जातिको जनसंख्या ९२१,  कोचे जातिको जनसंख्या ८४७,  टोप्के गोलाक जातिको जनसंख्या ७४२, राउटे जातिको जनसंख्या ५६६ मात्र रहेको छ ।

यस्तै वालुङ जातिको जनसंख्या ४८१, ल्होमी जातिको जनसंख्या ३५५, सुरेल जातिको जनसंख्या ३१८, कुसुण्डा जातिको जनसंख्या २५३,  वनकरियाको जनसंख्या १८० र नुराङ जातिको जनसंख्या ३६ मात्र रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

२०६८ सालको जनगणनामा सबैभन्दा थोरै कुसुन्डा २७३ जना थिए भने नुराङ जातिको संख्या २७८ थियो ।

राष्ट्रिय जनगणना २०७८ को नतिजा चैत १० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गरेका थिए ।

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ।

जाति जनसंख्या प्रतिशत
कलार ९३१
फ्रि ९२१
कोचे ८४७
टोपकेगोला ६४२
राउटे ५६६
वालुङ ४८१
ल्होमी ३५५
सुरेल ३१८
कुसुन्डा २५३
वनकरिया १८०
नुराङ ३६

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?