+
+

एलन मस्कलाई झट्का, विश्वासपात्र कर्मचारीले ट्वीटर छाडे

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २० गते १७:३८

एलन मस्कले ट्वीटर कम्पनी खरीद गरेसँगै त्यहाँबाट हजारौ‌ं कर्मचारीले जागिर गुमाइसकेका छन् भने कैयन्ले आफैं जागिर छाडिरहेका छन् ।

यसै कडीमा माइक्रो ब्लगिङ साइट ट्वीटर कम्पनीका मालिक एलन मस्ककी विश्वासपात्र समेत रहेकी एक वरिष्ठ अधिकारीले पदबाट राजीनामा दिएकी छिन् ।

ट्वीटरको गोपनीयता तथा सुरक्षा विभागकी प्रमुख एला इरविनले राजीनामा दिएसँगै मस्कलाई ठूलो झट्का लागेको बताइएको छ । एलन मस्कले ट्वीटर खरीद गरेसँगै ट्वीटरको प्लाटफर्ममा प्रकाशित हुने सामग्रीहरुको नियमन नीति हेर्ने विभागको प्रमुखको रुपमा एललाई कम्पनीमा भित्र्याएका थिए ।

यसअघि ट्वीटरका एकजना शीर्षस्थ अधिकारी सिनेड मेकस्वीनी तथा कम्पनीको सुरक्षा विभागका प्रमुख योएल रोथले पनि राजीनामा दिइसकेका छन् ।

पछिल्लोपटक राजीनामा दिएकी इरविनको राजीनामाको कारण खुलाइएको छैन । इरविनले गत नोभेम्बरदेखि कम्पनीको सुरक्षा विभाग पनि सम्हाल्दै आएकी थिइन् ।

ट्वीटरका वर्तमान तथा पूर्व कर्मचारीहरु इरविनलाई मस्कको सबैभन्दा विश्वासिलो सहयोगीको रुपमा लिन्थे । उनी ट्वीटरमा प्रकाशित हुने सामग्रीहरुका बारेमा नियमलाई कडाइका साथ कार्यान्वयन गर्न तथा त्यस्तो नीतिको प्रतिरक्षा गर्न खरो उत्रिने गर्दथिन् ।

स्मरण रहोस् एलन मस्कले खरीद गरेयता ट्वीटर कम्पनीको आम्दानीमा भारी गिरावट आएको छ । मस्कको नेतृत्वयता ट्वीटरको आम्दानी ५० प्रतिशतसम्मले घटेको हो ।

मस्कले ट्वीटर सम्हालेसँगै विज्ञापनदाताहरु ट्वीटरबाट बाहिरिन थाले । विज्ञापनदाताहरु मस्कसँग डराउनुको कारण यो थियो कि उनीहरु आफ्ना विज्ञापन कस्तो खालका सामग्रीहरुमा आउने हुन् भन्नेमा चिन्तित थिए । अक्टोबर यता ट्वीटरको विज्ञापन राजश्वमा ५० प्रतिशतको गिरावट आएको मस्कले नै खुलासा गरेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?