+
+
Shares
कविता :

घडीका तीन सुईहरू

सुर्यनारायण एच पेलिस सुर्यनारायण एच पेलिस
२०८० जेठ २१ गते १३:५६

कोप्दैनन् हजुर चलिरहन्छन्
रोकिंदैनन् हजुर
दौडिरहन्छन्
फूलका वैंशहरूसँगै

वैंशका फूलहरू
झरिरहन्छन्
आँसु झारिरहन्छन्
शीतसँग पैंचो मागेर
हाँस्नु अघि

मनका फूलहरू
आधा च्यातिएका हुन्छन्
घडी हेर्दै
गाइरहन्छन्
अतृप्त भाकाहरू

प्यासको समुद्रमा
तैरिरहन्छन्
डुब्ने त्रासमा
तीन सुईहरू ।

म्याग्दे ६ तनहुँ

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?