+
+

राष्ट्रिय परीक्षा बोर्डले एकीकृत प्रमाणपत्र दिने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २२ गते १७:०६

२२ जेठ, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको एकीकृत प्रमाणपत्र उपलब्ध गराउन थालेको छ।

२०७२ सालयता पटक पटक परीक्षा दिँदा प्रमाण पत्र धेरै वटा हुँदा विद्यार्थीलाई समस्या भइरहेको गुनासो आएपछि बोर्डले एकीकृत प्रमाणपत्र दिन थालेको जनाएको छ ।

बोर्डले नियमित एक पटक र तीन वटा परीक्षाको प्रमाणपत्र अर्थात बढीमा चार वटा प्रमाणपत्रको एकीकृत प्रमाणपत्र उपलब्ध गराउन थालेको छ।

विद्यार्थीले एकीकृत प्रमाणपत्रका लागि दिएको निवेदनको आधारमा बोर्डले एकीकृत प्रमाणपत्र उपलब्ध गराउने बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले जानकारी दिए । उनले भने ‘विद्यार्थीको सहजताको लागि हामीले विद्यार्थीको निवेदन अनुसार एकीकृत प्रमाणपत्र दिन थालेका छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?