+
+

जयराज आचार्यलाई युगकवि सिद्धिचरण पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २२ गते १७:४२

२२ जेठ, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले युगकवि सिद्धिचरण श्रेष्ठका नाममा स्थापित युगकवि सिद्धिचरण पुरस्कार यस वर्षका लागि प्राध्यापक डा. जयराज आचार्यलाई प्रदान गरेका छन् ।

युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण श्रेष्ठको ११२औं जन्मजयन्तीका अवसरमा शीतलनिवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य र कुटनीतिको क्षेत्रमा योगदान पुर्‍याएवापत डा. आचार्यलाई पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशी एक लाख रुपैयाँ छ ।

यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलले यसवर्षको युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार चेतनाथ धमलालाई प्रदान गरे । सो पुरस्कारको राशी २५ हजार रुपैयाँ छ ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष वैरागी काइला, संरक्षक रविचरण श्रेष्ठ, पुरस्कृत व्यक्तित्व आचार्य, प्रा.डा. मोहन लोहनीले युगकवि सिद्धिचरणको साहित्य साधना, बहुआयामिक व्यक्तित्व र कृतित्वबारे प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?