+
+

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशबारे अर्थमन्त्रीलाई ज्ञानेन्द्र शाहीका ५ प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते १४:२५

२३ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग पाँच वटा प्रश्न सोधेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गत वर्ष पनि बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषय उठेपछि यसवर्ष त्यस्तो विषय नआउने सोचेको तर यस वर्ष पनि सेटिङमा काम भएको आरोप लगाए ।

सांसद शाहीले सोधेका प्रश्न यस्ता छन् :

१. करको दर फाइनल गर्नका लागि जेठ १४ गते राति भन्सार विभागका पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठ संलग्नताको वास्तविकता के हो ?

२. विद्युतीय गाडीको करको दर बजेटअघि चुहाएर करिब ११ सय गाडी नेपाल भित्र्याइएको छ । त्यसबाट मुलुकलाई ९० करोड रुपैयाँ राजस्व घाटा भएको छ । यसको वास्तविकता के हो ?

३. भन्सार विभागका उपसचिव स्तरका कर्मचारीसमेत प्रवेश नपाउने बजेट निर्माणको संंवेदनशील क्षेत्रमा पूर्व कर्मचारी श्रेष्ठ कसको स्वार्थमा, कसको प्रतिनिधि बनाएर आर्थिक विधेयक बनाउने कक्षमा प्रवेश गराइएको हो ?

४. बजेटको मुखमा भन्सार विभाग नेतृत्वहीन बनाएर जुनियर अधिकृतलाई जिम्मेवारी दिइएको छ । यस्तो किन भयो ?

५. पूर्वकर्मचारी रामकृष्ण श्रेष्ठलाई किन करारमा नियुक्त गरियो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?