+
+

स्कटल्याण्डसँग नेपाल १३५ रनमै अलआउट

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते १६:४२

२५ जेठ, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअघिको अभ्यासखेलमा नेपाल स्कटल्याण्डसँग १३५ रनमै अलआउट भएको छ ।

जिम्बाव्वेमा हुने विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपाल टिमले टस हारेर पहिला ब्याटिङ गरेको थियो । एकदिवसीय खेलमा नेपाली खेलाडीहरु २८.५ ओभरभन्दा टिक्न सकेनन् ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए । उनले दीपेन्द्रसिंह ऐरीसँग मिलेर छैटौं विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । आसिफ शेखले २८, कुशल भुर्तेलले १६ र दीपेन्द्रसिंह ऐरीले १३ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा ब्रण्डन म्याकमुलेन र ज्याक जार्भिसले ३–३ विकेट लिए । नेपालले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

दक्षिण अफ्रिकामा रहँदा नेपालले नेदरल्याण्ड्ससँग पनि अभ्यास खेल खेल्नेछ । सो खेल २७ जेठमा खेलिनेछ ।

जिम्बाव्वेमा हुने प्रतियोगिताअघि नेपालले ३० र ३२ जेठमा क्रमसः यूएई र ओमानसँग अफिसियल अभ्यास खेल खेल्नेछ । ३ असारदेखि सुरु हुने प्रतियोगितामा आफ्नो पहिलो खेल नेपालले सोही दिन आयोजक टिम जिम्बाव्वेसँग खेल्नेछ । नेपालले ५ असारमा अमेरिका, ७ असारमा वेष्ट इण्डिज र ९ असारमा नेदरल्याण्ड्ससँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?