+
+

मूल्यवृद्धि ७.४१ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १४:५९

२६ जेठ, काठमाडौं । बजारमा मूल्यवृद्धि घट्दै गएको नेपाल राष्ट्र बैंकको तथ्याङ्‍कले देखाएको छ । शुक्रबार राष्ट्र बैंकले प्रकाशित गरेको वैशाखसम्मको समग्र विन्दुगत उपभोक्ता मूल्यवृद्धि दर (मुद्रास्फीर्ति) ७.४१ प्रतिशतमा झरेको हो । जुन, गत वर्षको यही अवधिको तुलनामा कम हो ।

अघिल्लो वर्ष यस अवधिमा मूल्यवृद्धि ७.८७ प्रतिशत थियो । वैशाखसम्म खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

समीक्षा अवधिमा काठमाडौं उपत्यकामा मुद्रास्फीति ७.६८ प्रतिशत, तराईमा ७.१५, पहाडमा ७.५७ र हिमालमा ७.१२ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?