+
+
Shares

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १५:१८

२६ जेठ, काठमाडौं । बजेटबारे छलफल भइरहेको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

मन्त्री बैठकमा उपस्थित नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले नियमापत्ति गरेका थिए ।  त्यसलगत्तै सो पार्टीका सांसदहरुले उठेर अवरोध सृजना गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।

सांसद श्रेष्ठले बैठकमा मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने नियम उलंघन भएकाले नियमापत्ति गर्नु परेको बताएका थिए ।

उनले भने, ‘सम्माननीय सभामुख महोदय, हाम्रो प्रतिनिधिसभाको नियमावलीमा नियम ६, उपनियम ५ मा बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था छ। र, कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्रीसमेत अनिवार्य उपस्थित हुनुपर्छ भन्ने छ।मलाई थाहा छ। हाम्रो फाईनान्स मिनिष्टर अर्को हाउसमा हुनुहुन्छ भनेर। तर यहाँ यत्रा प्रिपियर गरेर प्रश्नहरु सोध्दाखेरी उहाँ नभईदिँदाखेरी अर्को एउटा नियम छ १४२। जहाँ उहाँले छलफलमा आएको प्रश्नको जवाफ दिनुपर्छ । त्यो नियमको चाँही उलंघन भयो सभामुख महोदय । त्यसकारण नियमापत्ति गरेको हुँ।’

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले बोल्ने कार्यसूचि थियो।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?