+
+

म्यानचेस्टरले च्याम्पियन्स लिग जित्दा जुलियन अल्भारेजले रचे इतिहास

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते १४:१५

२८ जेठ, काठमाडौं । म्यानचेस्टर सिटीका स्ट्राइकर जुलियन अल्वारेजले विश्वकप जितेको ६ महिनामा पुन अर्को इतिहास रचेका छन् ।

उनी एकै सिजनमा ट्रेवल उपाधिसहित विश्वकप जित्ने विश्वकै पहिलो खेलाडी बनेका छन् ।

२३ वर्षीय अर्जेन्टिनी फरवार्ड बाहेक अन्य ९ खेलाडीले पनि एकै सिजन यूरोपियन कप र विश्वकप जितेका छन् । तर, सोही सिजन घरेलु दुई प्रतियोगिता चाहीँ यसअघि कसैले जितेका छैनन् ।

यो सिजन सिटीले खेलेका आधाभन्दा कम खेलमा अल्भारेज सुरुवाती ११ मा थिए, तर उनी सिटीमा १७ गोलसहित दोस्रो उच्च गोलकर्ता हुन् ।

उनी २०२२ विश्वकपमा धेरै गोल गर्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा थिए ।

सिटीले प्रिमियर लिगमा आर्सनलभन्दा ५ अंक बढी ल्याएर उपाधि जित्यो ।

एफए कप फाइनलमा म्यानचेस्टर युनाइटेडलाई हरायो ।

च्याम्पियन्स लिगमा शनिबार राति इन्टर मिलानलाई हराएको हो ।

अर्जेन्टिनाले गत डिसेम्बरमा फ्रान्सलाई हराउँदै विश्वकप जितेको थियो ।

इस्तानाबुलमा भएको इन्टर मिलान र सिटीबिचको च्याम्पियन्स लिग फाइनलमा अल्भारेजले खेलेका थिएनन् ।

तर, पनि उनको टिमले मिलानलाई १–० ले परजित गर्दा उपाधि उनको पनि हातमा आइपुगेको हो ।

अल्भारेज क्लब च्याम्पियनका साथसाथै विश्वकप पनि जित्ने १० औं खेलाडी हुन् ।

यदि इन्टर मिलानले उपाधि जितेको भए, मिलानबाट खेलिरहेका अर्जेन्टिनी स्ट्राइकर लाउटारो मार्टिनेजले त्यो स्थान लिन्थे ।

अन्य सबै खेलाडीले क्लब सिजन पश्चात विश्वकप जितेका छन् । तर, यस पटक कतारको गर्मीका कारण विश्वकप मध्य सिजनमा भएको थियो ।

अन्य ९ खेलाडीमध्ये ६ जना १९७३ देखि ७४ मा बायर्न म्युनिख र जर्मनीको टिममा थिए ।

त्यस्तै अन्य ३ जनाले भने अलग वर्षमा रियल मड्रिडका लागि च्याम्पियन्स लिग जितेका थिए ।

हान्स जियोर्ग स्वार्जेन्बेक, गर्ड मुलर, अलरिच होनेस, पाउल ब्रेटनर, जोसेफ माइर र फ्रेन्ज बेकनबाउर गरी जर्मनीका ६ जना खेलाडी अहिले अल्भारेको कीर्तिमाननजिक पुगेका थिए ।

सन् १९७४ मा उनीहरुले विश्वकपसँगै बायर्न म्युनिखका लागि युरोपियन कप र जर्मन बुण्डेसलिगाको उपाधि जितेका थिए ।

जर्मन कपको सेमिफाइनलमा अन्तिमा मिनेटको पेनाल्टी गोलले उनीहरु बाहिरिनुपरेको थियो ।

फ्रान्सका क्रिष्टियन कारेम्बेउले १९९८, ब्राजिलका रोवर्टो कार्लोसले २००२ र फ्रान्सका रफायल भारानेले सन् २०१८ मा एकै सिजन रियल मड्रिडका लागि च्याम्पियन्स लिग र देशका लागि विश्वकप जितेका थिए । ती सिजन रियलले घरेलु लिग र कप भने जित्न सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?