+

पुरुष हक्कीमा आर्मी सेमिफाइनलमा

२०८२ वैशाख  २१ गते १९:२० २०८२ वैशाख २१ गते १९:२०

विभागीय टोली नेपाल आर्मी राष्ट्रिय हक्की प्रतियोगिताको पुरुषमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

पुरुष हक्कीमा आर्मी सेमिफाइनलमा

२१ वैशाख, काठमाडौं । विभागीय टोली नेपाल आर्मी राष्ट्रिय हक्की प्रतियोगिताको पुरुषमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘ए’ को लिग खेलमा अपराजित रहँदै आर्मी सेमिफाइनलमा पुगेको हो ।

च्यासल मैदानमा आइतबार भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ३–० गोलले पराजित गर्‍यो । आर्मीका लागि काशीराज राई, दीपेन्द्र ऐर र राजेन्द्र कार्कीले समान १–१ गोल गरे ।

राजेन्द्र ‘प्लेयर अफ द म्याच’ घोषित भए । यसअघि समूह चरणको खेलमा आर्मीले गण्डकी प्रदेश र मधेश प्रदेशलाई हराएको थियो ।

आइबार ३ खेल हुनु पर्नेमा वर्षाका कारण २ खेल मात्र सम्भव भए । पुरुषमा नेपाल प्रहरी र बागमती प्रदेश तथा महिलामा आर्मी र गण्डकीबीचको खेल वर्षाले गर्दा प्रभावित भयो ।

यी दुई खेलसँगै सोमबार ५ खेल हुनेछ । बाँकी तीन खेल पुरुषतर्फ गण्डकी र मधेश तथा कर्णाली प्रदेश र एपीएफ क्लबबीच हुनेछ । महिलामा मधेशले बागमतीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

राष्ट्रिय हक्की प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय