+

बूढानिलकण्ठ फाइट नाइट : मुख्य स्पर्धामा नेपालका मिलन विजयी

२०८२ वैशाख  २१ गते १४:११ २०८२ वैशाख २१ गते १४:११
बूढानिलकण्ठ फाइट नाइट : मुख्य स्पर्धामा नेपालका मिलन विजयी

२१ वैशाख, काठमाडौं । बूढानिलकण्ठ फाइट नाइटको मुख्य स्पर्धामा नेपालका मिलन तामाङ विजयी भएका छन् ।

बूढानिलकण्ठ हात्तीगौंडा खेलकुद समितिको आयोजनामा गोल्फुटार फुटबल मैदानमा शनिवार भएको फाइट नाइटको पुरुष ६० केजीको प्रतिस्पर्धामा मिलनले थाइल्यान्डका असादा रक्मितलाई दोस्रो राउन्डमा नकआउट गरे ।

विजेता मिलनले १ लाख नेपाली रुपैयाँ प्राप्त गरे । यस्तै पराजित भएपनि असादाले भने ९ सय अमेरिकी डलर हात पारे । उनले फाइटका लागि सोही रकममा सम्झौता गरेका थिए ।

यस्तै पुरुष ५२ केजीमा नेपालका योमन मोक्तानले नेपालकै कुञ्जन घिमिरेलाई हराए । ५४ केजीमा नेपालका पुरनजित राईले भारतका स्खेम्बोर्लाङ मार्वेनलाई पराजित गरे । ७० केजीमा नेपालका महेन्द्र गज्मेरले नेपालकै रोनिश सुब्बालाई हराए ।

नेपाल राष्ट्रिय मुवाँथाईं संघको प्राविधिक सहयोग तथा गलाक लाइफ स्टायलको व्यवस्थापनमा भएको प्रतियोगिताको पुरुष ५७ केजीमा नेपालका गुमन घर्ती मगरले जित हात पारे । उनले भारतका बरेम्रोन डेनियलमाथि जित हात पारेका हुनु ।

पुरुषकै अर्को ६० केजीको भिडन्तमा नेपालका गौतम थिङले भारतका याइमा लाईलाई पराजित गरे । यस्तै ६७ केजीमा नेपालका सन्तोष खत्रीले भारतका असेम तोन्डोन्बालाई पराजित गरे ।

बूढानिलकण्ठ नगरपालिकाको सहयोगमा भएको प्रतियोगिताको महिला ६० केजीमा नेपालकी सारिका धमला तथा ५१ केजीमा नेपालकै सुस्मिता थापा विजयी भए । सारिकाले भारतकी जेनिस्ता निन्गोम्बम तथा सुस्मिताले भारतकै गीता नर्जिनारीलाई हराए ।

फाइट नाइटमा समावेश ९ स्पर्धामा नेपाल, भारत र थाइल्यान्डका १८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । एक स्पर्धामा २ खेलाडीबीच प्रतिस्पर्धा गराइएको थियो । बाँकी ८ स्पर्धाका विजेता र उपविजेताले पनि नगद पुरस्कार पाए ।

बूढानिलकण्ठ फाइट नाइट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय