+
+

युनिलिभरको सेयर मूल्यमा नयाँ रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३० गते १३:१९

३० जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनिलिभर नेपालको सेयर मूल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलबार कम्पनीको मूल्यले नेप्सेमा सूचीकृत भएका कम्पनीहरु मध्येकै सबैभन्दा धेरै मूल्य कायम गर्दै यसअघिको आफ्नो रेकर्ड तोडेको हो ।

उत्पादनमूलक क्षेत्रको कम्पनीको उत्कृष्ट वित्तीय विवरण र आकर्षक लाभांश बाँड्दै गएको कम्पनीको सेयर मूल्य पछिल्लो केही दिन यता लगातार बढेर नयाँ रेकर्ड बनाएको हो ।

सोमबार प्रतिकित्ता ३४ हजार ३९९ रुपैयाँमा बन्द भएको कम्पनीको सेयरमूल्य मंगलबार बढेर ३७ हजार ८३८ सम्म पुगेको थियो । जुन नेप्सेमा सूचीकृत भएका कुनै पनि कम्पनीको अहिलेसम्मको उक्त मूल्य हो । यसअघि २०७३ मा कम्पनीको सेयरमूल्य ३६ हजार रुपैयाँ पुगेर बन्द भएको थियो ।

त्यसपछि घटेको कम्पनीको सेयरमूल्य कोभिड-१९ पछि नेप्से ३२०० अंकको विन्दुमा पुग्दा पनि खासै बढ्न सकेको थिएन । ७ जेठमा २४ हजार ९५० मा बन्द भएको कम्पनीको सेयरमूल्य त्यसयता लगातार बढेर ३० जेठमा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?