+
+

एसियन गेम्सका लागि टेबलटेनिसका ४ खेलाडी छनोट

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३० गते २०:३५

३० जेठ,  काठमाडौं । चीनको होङझावमा हुने १९ औं एसियन गेम्सका लागि चार टेबलटेनिस खेलाडी छनोट भएका छन् ।

महिला र पुरुषमा समान २–२ गरी ४ खेलाडीको अन्तिम छनोट गरिएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।

पुरुषमा संयोग कपाली र रुविन महर्जन तथा महिलामा नविता श्रेष्ठ र शिखा सुवाल श्रेष्ठले एसियाड सहभागिता पक्का गरे । लै

नचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतिस्पर्धामा पुरुष र महिलामा समान ६–६ खेलाडी सहभागी थिए ।

एसियाली खेलकुद असोज ६ गतेदेखि सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?