+

सन्दीप र दीपेन्द्र ग्लोबल टी-२० लिगमा छानिए

२०८० जेठ  ३१ गते ६:५३ २०८० जेठ ३१ गते ६:५३
सन्दीप र दीपेन्द्र ग्लोबल टी-२० लिगमा छानिए

३१ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले क्यानडामा हुने तेस्रो संस्करणको ग्लोबल टी-२० लिग खेल्ने भएका छन् ।

आउने जुलाइ २० देखि सुरु हुने फ्रेन्चाइज प्रतियोगिताका लागि मंगलबार राति भएको ड्राफ्टमार्फत सन्दीपलाई सुर्रे जाग्वार्स र दीपेन्द्रलाई मोन्टरियल टाइगर्सले अनुबन्ध गरेको हो ।

ग्लोबल टी-२० लिग सन् २०१८ देखि सुरु भएको हो । सन् २०१९ मा दोस्रो संस्करण आयोजना भएयता प्रतियोगिता संचालन हुनसकेको थिएन । नेपालबाट सोमपाल कामी र सन्दीपले यसअघि नै यो प्रतियोगिता खेलिसकेका छन् ।

सन्दीपले पहिलो संस्करणमा मोन्टरियल टाइगर्स र दोस्रो संस्करणमा टोरन्टो नेशनल्सबाट खेलेका थिए। सन् २०१९ मा सोमपालले विन्नीपेग हकका लागि खेलेका थिए ।

यसपल्ट सन्दीप आबद्ध टिममा एलेक्स हेल्स, लिटोन दास, आयान अफ्जल खान लगायतका खेलाडी छन् ।

दीपेन्द्र आवद्ध मोन्टरियलमा बंगलादेशका सुपरस्टार सकिव अल हसन, वेष्ट इण्डिजमा आन्द्रे रसेल, यूएईका कप्तान मोहम्मद वासिमलगायतका खेलाडी छन् ।

दीपेन्द्रले पहिलोपल्ट विदेशी फ्रेन्चाइज लिग खेल्न लागेका हुन् । यसअघि नेपालका सन्दीप र सोमपालसहित पारस खड्का, कुशल मल्ल र करण केसीले विभिन्न विदेशी लिग खेलिसकेका छन् ।

ग्लोबल टी-२० लिग दीपेन्द्र सिंह ऐरी सन्दीप लामिछाने

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय