+
+

पूर्णबहादुर खड्कालाई कांग्रेस कार्यवाहक सभापतिको जिम्मा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३१ गते १०:०५

३१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएकाले उनको अनुपस्थितिमा खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।

देउवाले आफू स्वदेश नफर्कुन्जेलसम्म पार्टी विधानको व्यवस्था बमोजिम खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सभापति देउवा फलोअपका लागि पत्नी आरजुसहित गएराति सिंगापुर गएका हुन् । उनी एकसातापछि स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?