+
+

शुक्रबार नेपालमा ५ विदेशी फिल्म रिलिज हुँदै, वितरक र मल्टिप्लेक्सबीच होड

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३१ गते १२:३१

काठमाडौं । घरेलु फिल्मको व्यावसायिक शून्यताबीच शुक्रबार नेपालमा पाँच विदेशी फिल्म रिलिज हुँदैछन् । अहिले चलिरहेको नेपाली फिल्म ‘नीरफूल’ले अपेक्षित हल र शो नपाइरहेको परिस्थितिमा प्रदर्शन तयारीमा रहेका पाँच विदेशी फिल्मले थप दबाब सिर्जना गर्न सक्ने देखिएको छ ।

‘बाहुबली’ फेम्ड प्रभास स्टारर ‘आदिपुरुष’, बेन एफलेक स्टारर हलिउड सुपरहिरो ‘द फल्यास’, हलिउडको ‘एलिमेन्टल’, चर्चित दक्षिण कोरियाली पप ब्याण्ड बीटीएसका स्टार गायक सुगाबारे हलिउड स्टुडियो डिज्नीले निर्माण गरेको ‘सुगा : रोड टु डी-डे’ र बीटीएस डकुमेन्ट्री ‘जे-होप इन द बक्स’ रिलिज हुनेछन् ।

यी विदेशी फिल्मको रिलिज र वितरणमा तीन नेपाली वितरण कम्पनीबीच होड जस्तो पनि देखिएको छ । जसमा ‘आदिपुरुष’लाई ए-एइट, ‘द फ्ल्यास र एलिमेन्टल’लाई एप्पल इन्टरटेनमेन्ट र ‘सुगा : रोड टु डी-डे’ र बीटीएस डकुमेन्ट्री ‘जे-होप इन द बक्स’लाई बटरफ्लाइ फिल्म्सले वितरण गर्दैछन् । बटरफ्लाइ फिल्म्स नयाँ वितरण कम्पनी हो ।

मल्टिप्लेक्स चेन क्यूएफएक्सले आदिपुरुष, एलिमेन्टल र द फ्ल्यासलाई मात्र प्रदर्शन गर्नेछ भने ‘सुगा ः रोड टु डी-डे’ र बीटीएस डकुमेन्ट्री ‘जे-होप इन द बक्स’लाई क्यूएफएक्स बाहेकका हलले प्रदर्शन गर्ने जनाएका छन् । सोहीअनुसार हलहरुले एड्भान्स बुकिङ पनि थालेका छन् ।

‘यी पाँच विदेशी फिल्म रिलिज हुँदा नेपाली फिल्म नीरफूलको शो खोसिन सक्छ । यी फिल्म नआएको भए नीरफूलले अझै कमाउन सक्थ्यो,’ एक मल्टिप्लेक्स चेनका प्रमुखले नाम नबताउने सर्तमा अनलाइनखबरसँग भने, ‘आगामी दिनमा विदेशी फिल्म वितरणमा होड देखिने पक्का छ । यो संकेत मात्र हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?