+
+

घोराही सिमेन्टको आईपीओ खुल्यो, प्रतिकित्ता ४३५ रुपैयाँ पर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते १२:३५

३२ जेठ, काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर(आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ३२ जेठ बिहीबारदेखि आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली र उद्योग प्रभावित क्षेत्रका स्थानियलाई आईपीओ निष्कासन गरी बिक्री नभएको र कर्मचारी तथा सामुहकि लगानी कोषहरुललाई छुट्याएर खरिद नभएको सेयर समेत थपेर सर्वसाधारण्को लागि निष्कासन खुला गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा उद्योग प्रभावित क्षेत्रका स्थानियलाई ३०० रुपैयाँ प्रिमियम थप गरेर ४०० रुपैयाँ र सर्वसाधारणलाई ३३५ रुपैयाँ प्रिमियम थप गरेर ४३५ रुपैयाँ प्रतिकित्तामा सेयर निष्कानस गर्ने अनुमति पाएको थियो । कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर निष्कासन गर्ने स्वीकृति पाएकोमा अब कर्मचरी, सामूहिक लगानी कोष, उद्योग प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारीमा रहेका नेपालीले नकिनेको ८ लाख ७४ हजार ३८२ कित्ता थप गरेर कुल ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारणलाई प्रतिकित्ता ४३५ रुपैयाँको दरले निष्कासन खुला गरेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा छिटोमा ४ असारसम्म आवेदन दिन सकिनेछ भने उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भने आवेदन दिने अवधि १४ असारसम्म थप हुनेछ ।

कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले पश्चिम नेपालको दाङमा उद्योग सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?