+
+

४० लाखभन्दा बढी आय भएपनि कम कर तिर्ने करदातामाथि निगरानी बढाइने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते १४:२८

३२ जेठ, काठमाडौं । वार्षिक ४० लाख रुपैयाँ भन्दा बढी आय गरेपनि कम कर तिर्ने करदातामाथि कर कार्यालयहरुले निगरानी बढाउने भएका छन् ।

आन्तरिक राजस्व विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालयहरु र करदाता सेवा कार्यालयलाई पत्र लेखी वार्षिक ४० लाख वा सो भन्दा बढी आय भएपनि न्यून अग्रिम कर कट्टी गर्नेहरुमाथि निगरानी बढाउन निर्देशन दिएको हो ।

विभागले आईटीएस प्रणालीमा सुधार गरी ४० लाख वा सो भन्दा बढी आय भएको तर आय विवरण पेश नगर्ने करदाताको पहिचान गर्न सकिने प्रणाली सञ्चालनमा ल्याएको छ । यस्तो विवरण हेर्दा कतिपय करदाताले ४० लाख रुपैयाँ भन्दा बढीको आय भएपनि अग्रिम कर कट्टी न्यून गरेको भेटिएपछि कार्यालयले यस्तो निर्देशन दिएको छ ।

कार्यालयहरुले अब यी करदाताले आयकर दाखिला गरे/नगरेको, विवरण दिए नदिएको लगायत सबै विवरण चेक, जाँच परीक्षण गरी सो को प्रगति विवरण विभागमा बुझाउनु पर्ने भएको छ ।

आन्तरिक राजस्व विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलले यो सूचना नियमित प्रक्रियाका रुपमा प्रवाह भएको बताए । ‘विभागले आफ्ना कार्यालयलाई नियमित रुपमा सचेत गराउँछ, सोही प्रक्रियाका रुपमा यो पत्राचार भएको हो, यो कुनै नयाँ विषयवस्तुमा आधारित भएर आएको होइन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?