+
+

फाइभ नेसन्स बास्केटबलमा नेपालले पाकिस्तानलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते २०:१४

३२ जेठ, काठमाडौं । माल्दिभ्समा भइरहेको फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालले पाकिस्तानलाई हराएर पहिलो जित हात पारेको छ ।

माल्दिभ्समा बिहीबार भएको खेलमा नेपालले पाकिस्तानलाई ६६-६२ ले पराजित गरेको हो ।

सुरुवातदेखि नै पछि परेको नेपालले हाफटाइमपछि पुनरागमन गर्दै जित निकाल्यो । पहिलो खेलमा भुटानसँग पराजित भएको नेपालले पाकिस्तानलाई हराएसँगै सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ ।

पाकिस्तानमाथिको जितलाई नेपालका सहायक प्रशिक्षक नृपेश श्रेष्ठले नेपालको लागि यो महत्वपूर्ण जित भएको प्रतिक्रिया दिएका छन् ।

यो जितले टिममा बुस्ट भएको र आगामी दिनमा अझ बलियो भएर आउने बताए ।

पाँच टोली सहभागि च्याम्पियनसिपमा लिग चरणको खेलपछि शीर्ष चार टिम सेमिफाइनल पुग्नेछन् ।

नेपालले आफ्नो तेस्रो खेल शनिबार बंगलादेशसँग खेल्नेछ भने लिगको अन्तिम खेल आइतबार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?