+
+

खुल्ला र महिला दुवैमा भारतीय खेलाडीको अग्रता यथावत

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते १८:१४

१ असार, काठमाडौं । साउथ एशियन बुद्धिचाल च्याम्पियनसिपको तेस्रो दिन खुला र महिला दुवैतर्फ भारतीय खेलाडीले आफ्नो अग्रता कायम राखेका छन् ।

खुलातर्फ चौथो र पाँचौं चरणको खेल सकिँदा भारतका २४१५ रेटेट इन्टरनेशनल मास्टर नुबैर शाह शेख साढे ४ अंकका शीर्ष स्थानमा छन् ।

भारतीय ग्रान्ड मास्टर २५०८ रेटेट सयतन दास र पाकिस्तानी फिडे मास्टर २०४६ रेटेट अमिर करिम ४ अंक सहित संयुक्तरूपमा दोस्रो स्थानमा रहेर नुबैरलाई पछ्याइरहेका छन् ।

चौथौं चरणको खेलमा नेपाल च्याम्पियन २१४६ रेटेट फिडे मास्टर रुपेश जैसवालले शीर्ष स्थानका नुबैरलाई बराबरीमा रोक्न सफल रहे । पाँचौं चरणमा नुबैरले पूर्व नेपाल च्याम्पियन २०३२ रेटेट सुरवीर लामालाई पराजित गरेका थिए।

रुपेशले नुबैरसँगको प्रतिस्पर्धात्मक खेलमा कालो गोटी लिएर सुरुवात गरेका थिए। खेलको मध्य भागसम्म पुग्दा खेल कठिन मोडमा पुग्यो । दुबैले जोखिम मोल्न चाहेनन् र ३९औं चालमा बराबरी गर्न सहमत भए । पाँचौं नरणमा नुबैरले सूरवीरलाई ४४औं चालमा पराजित गरेका हुन् ।

प्रतियोगिताकै उच्च वरियताधारी भारतका ग्रान्ड मास्टर सयतनको लागि चाौथौं र पाँचौ चरणको खेल सुखद रह्यो । उनले चौथो चरणको खेलमा बंगलादेशका २११३ रेटेट अब्दुल मलेक मोहमदलाई पराजित गरे भने पाँचौं चरणको नेपालका फिडे मास्टर २०२८ रेटेट क्षितिज भण्डारीमाथि जीत हासिल गरे ।

पाकिस्तानी २०४६ रेटेट अमिरले पनि शुक्रबारका दुवै खेलमा सफलता हात पारे । उनले पाँचौ चरणको खेलमा नेपालका १८२८ रेटेट पुरुषोत्तम सिलवाललाई हराउनुअघि चौथो चरणमा बंगलादेशका २२१२ रेटेट फिडे मास्टर हसन पराग मोहमदलाई निराश पारेका थिए ।

ललितपुरको गोदावरीस्थित होटेल भ्यू भृकुटीमा जारी प्रतियोगितामा नेपालका रुपेश जयशवाल, क्षितिज भण्डारी र बंगलादेशका हसन पराग मोहम्मदले साढे २ अंक जोडेका छन् भने पुरुषोत्तम सिलवाल र अब्दुल मलेक मोहम्मदको २ अंक रहेको छ।

महिलातर्फ तेस्रो र चौथो चरणको खेल सकिँदा भारतकी २२२५ रेटेट इन्टरनेशनल मास्टर साक्षी आनन्दले शतप्रतिशत जितका साथ एकल अग्रता लिएकी छन् । प्रतियोगिताको साविक विजेता १९१३ रेटेट बंगलादेशी वहिदा वादिफा ३ अंक सहित दोस्रो स्थानमा छिन् ।

साक्षीले चौथो चरणमा वदिफा अहमदलाई पराजित गर्नुअघि तेस्रो चरणमा माल्दिप्सकी नुहा रिजवानसँग वाक ओभर पाएकी थिइन् । वादिफाले चौथौ चरणको खेलमा नेपालकी १३३६ रेटेट सुशीला गुरुङलाई पराजित गरिन् ।

महिला राष्ट्रिय विजेता फिडे मास्टर १७५३ रेटेट सुजना लोहनी र १८५२ रेटेट जन्नतउल फेडोस साढे २ अंक हासिल गरी संयुक्तरूपमा तेस्रो स्थानमा छन् ।

सुजनाको लागि तेस्रो र चौथो चरणको खेल राम्रो रहयो। उनले तेस्रो चरणको खेलमा रिया श्रेष्ठले माथि सफलता हात पारिन् भने चौथो चरणको खेलमा बंगलादेशकी जन्नतउलसँग बराबरी खेलिन् । नेपालका शान्ति धिमाल र रिया श्रेष्ठलेले २ अंक जोडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?