
१ असार, काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा बजेट खर्च गर्ने गरी दुई दर्जन क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरेको छ ।
जनकपुरधाममा रहेको जानकारी मन्दिर, कन्चव वन, पर्साको ठोरी, सौतनिया पोखरी, सप्तरीको मरौटी, जलेश्वर मन्दिर, कमल दहसहितका क्षेत्रलाई धार्मिक तथा पर्यटकीय स्थलका रुपमा व्यवस्थित गर्ने कार्यलाई निरन्तरता दिन बजेट राखिएको बजेटमा उल्लेख छ ।
बजेटमा गढीमाई मन्दिरको गुरुयोजना बनाउने भनिएको छ । नेपालको सबैभन्दा होचो ठाउँ धनुषको मुखियापट्टी मुसहर्नियालाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने समेत बजेटमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4