+
+

रास्वपाले १७ जनाको समूह बनाएर दस्तावेजलाई टुंगाउने

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते ११:१९

४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दस्तावेज माथि समूहगत छलफल गरेर अन्तिम रुप दिने भएको छ ।

सोमबार बिहान बसेको केन्द्रीय तथा संसदीय समितिको संयुक्त बैठकले दस्तावेजका लागि ७ वटा समूहबाट प्रतिनिधि हुने र इच्छुकहरू मध्येबाट कुल १७ जनाको प्रतिनिधिमण्डल बनाउने निर्णय गरेको छ ।

बैठकले पहिलो ड्राफ्टमा परेका संसोधनका प्रस्तावलाई आवश्यक छलफल गरि दोस्रो ड्राफ्ट तयार गर्ने निर्णय गरेको महामन्त्री तथा पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

दस्तावेज तयार गर्न पुनः नीति विचार कार्यशाला गरि भदौको दोस्रो सातासम्म अन्तिम रुप दिने महामन्त्री ढकालले बताए । दस्तावेजको अन्तिम ड्राफ्ट सभापतिलाई बुझाउने निर्णय गरिएको छ । दस्तावेज माथि अन्तिम रुप दिने अधिकार सभापति रवि लामिछानेलाई दिइएको छ ।

महामन्त्री ढकालले नीति कार्यशालामा प्रस्तुत गरेको दस्तावेज माथि पार्टी नेताहरुले आलोचना गरेपछि थप छलफल गर्ने गरि नीति कार्यशाला अघिल्लो साता रोकिएको थियो ।

बैठकमा पार्टी स्थापना भएको ७ असारमा स्थापना दिवस मनाउने तयारीका विषयमा पनि छलफल भएको थियो । ‘केन्द्रीय कार्यालय नयाँ भवनमा सर्ने, नयाँ भवनमा ७ असारमा चियापान कार्यक्रम गर्ने जस्ता विषयमा छलफल एवं आवश्यक निर्णय गरियो,’ ढकालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?