+
+

२१ सय वर्षदेखि पृथ्वीको चक्कर लगाइरहेको ‘दोस्रो चन्द्रमा’

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते १०:२४

काठमाडौं । वैज्ञानिकहरुले पृथ्वीको परिक्रमा गरिरहेको ‘दोस्रो चन्द्रमा’ पत्ता लगाएका छन् । ‘क्वासी मुन’ अर्थात् ‘क्वासी स्याटेलाइट’ भनिने यसले विगत २ हजार १२३ वर्षदेखि पृथ्वीसँगै सूर्यको पनि परिक्रमा गरिरहेको छ ।

गत मार्च महिनामा अमेरिकाको हवाईस्थित प्यान स्टार्स वेद्यशालाको टेलिस्कोपले यो तथ्य पत्ता लगाएको हो । उक्त अर्धचन्द्रमा अर्थात् क्वासी मुनको नाम 2023FW13 राखिएको छ । यो सूर्यको परिक्रमा गर्ने बेलामा पृथ्वीभन्दा १ करोड ४० लाख किलोमिटर टाढा रहन्छ । जबकि चन्द्रमा पृथ्वीभन्दा ३ लाख ६४ हजार किलोमिटर टाढा छ ।

हुन त यसको वास्तविक आकार वास्तविक चन्द्रमाको तुलनामा नगन्य छ । यसको ब्यास जम्मा ५० फिट छ । अर्थात् ३ वटा ठूला कारको लम्बाइ जत्तिकै । जबकि चन्द्रमाको ब्यास ३ हजार ४७४ किलोमिटर छ ।

वास्तवमा आकारको हिसाबले यो एक क्षुद्रग्रह हो । गत अप्रिल १ मा अन्तर्राष्ट्रिय खगोलविज्ञान संघको ग्रह केन्द्रले आधिकारिक रुपमा यसलाई फुच्चे ग्रहको सूचिमा राखेको छ । फुच्चे ग्रह भनेका त्यस्ता ग्रह हुन् जो शौर्यमण्डलमा त हुन्छन् तर यिनीहरुको आकार निकै सानो हुन्छ ।

यो दोस्रो चन्द्रमाले ईशापूर्वको १ सय वर्षअघिदेखि अर्थात् २१ सय २३ वर्षदेखि पृथ्वीको परिक्रमा गरिरहेको बताइन्छ । अब आगामी १५ सय वर्षसम्म यसको अस्तित्व रहनेछ र पृथ्वीकै चारैतर्फ यसको उपस्थिति हुनेछ ।

खगोलविद एड्रियन कफिनेटका अनुसार यो पृथ्वीको चारैतर्फ सबैभन्दा लामो समयसम्म परिक्रमा गर्ने अर्ध भूउपग्रह हो । यो जुनसुकै बेला पनि पृथ्वीसँग ठोक्किन सक्दछ ।

यद्यपि यो पृथ्वीको नजिक भेटिएको पहिलो र एकमात्र क्वासी मुन अर्थात् क्वासी स्याटेलाइट भने होइन । यसअघि सन् २०१६ मा क्वासी स्याटेलाइट भेटिएको थियो जसको नाम ‘कामोलेवा’ थियो । त्यसले पृथ्वीसँगै सूर्यको पनि परिक्रमा गर्दछ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?