+
+

‘गुलाबी’को अन्तर्राष्ट्रिय अधिकार अमेरिकी कम्पनीले किन्यो, ‘गुन्युचोलो’ नाममा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते ११:३७

काठमाडौं । नेपाली फिल्म ‘गुलाबी’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार अमेरिकी कम्पनी भिजिअन इन्टरटेनमेन्टले खरिद गरेको छ । अब यो फिल्मलाई उक्त कम्पनीले सन् २०२४ मा ‘गुन्युचोलो : कमिङ अफ एज अफ अ गर्ल’ शीर्षकमा विश्वव्यापी वितरण गर्नेछ ।

नेपालको फिल्म निर्माता कम्पनी ‘द स्काइ ओसन इन्टरटेनमेन्ट’सँग उक्त अमेरिकी कम्पनीले निर्माण र वितरणमा सहकार्य गर्न लागेको हो । फिल्म निर्देशक समुन्द्र भट्टका अनुसार अब यो ज्वाइन्ट भेन्चरमा नेपालको उक्त कम्पनी र भिजिअनले संयुक्त रुपमा काम गर्नेछन् ।

सहमतिअनुसार भिजिअनले फिल्मको पोस्ट प्रोडक्सनको जिम्मा लिनेछ भने विश्वभर वितरण समेत गर्नेछ । ‘यो खबरलाई लिएर हामी उत्साहित छौं । विश्वभरका दर्शकमाझ फिल्मलाई पुर्‍याउने हाम्रो योजनामा भिजिअनले साथ दिने भएको छ,’ भट्टले अनलाइनखबरसँग भनिन् ।

अवार्ड विजेता अमेरिकी संगीतकार मार्सेलो डी फ्रान्सिस्कीले फिल्मको पाश्र्वध्वनि कम्पोज गर्ने भएका छन् । मार्सेलोले अलेक्ज्याण्डर पेनेको ओस्कार अवार्डमा मनोनित फिल्म ‘नेब्रास्का’, नताली पोर्टम्यानको पहिलो पश्चिमी विधाको फिल्म ‘जेन गट ए गन’, ‘ड्रम्स अफ विक्ट्री’सहित अन्य फिल्मको ब्याकग्राउण्ड स्कोरका लागि संगीत गरेका छन् ।

मार्सेलोले विज्ञप्तिमा भनेका छन्, ‘मलाई उत्कृष्ट कथा मन पर्छ । यो फिल्मको पहिलो रफ–कट हेरेपछि मेरो हृदय छोयो । मेरा आँसु खसे । यो एक हृदयस्पर्शी र वास्तविक ट्रान्सजेन्डर कथा हो, जुन सबैले अनुभव गर्नुपर्छ । मलाई विश्वास छ कि यसले तपाईंलाई मलाईजस्तै उत्प्रेरित गर्नेछ । यसले व्यापक रुपमा दर्शकसँग साझेदारी गर्न सकोस् ।’

अन्तर्राष्ट्रिय रुपमै रिलिज हुने भएपछि अब यो फिल्मको पूर्वनिर्धारित नेपाल प्रदर्शन स्थगित भएको निर्देशक भट्टले बताइन् । ट्रान्सजेन्डर पात्रको कथावस्तुमा निर्माण भएको यो फिल्मको शीर्ष भूमिकामा नाजिर हुसेन छन् । यसमा उनले गुलाबी नामक पात्रको भूमिका निर्वाह गरेका छन् । फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौला र विशाल पहारीको पनि अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?