+
+
Shares

कोशीमा नयाँ सरकार आह्वान गर्न प्रदेश प्रमुखलाई एमाले-माओवादीको पत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २६ गते १५:५०

२६ वैशाख, विराटनगर । कोशीमा नयाँ सरकार गठनको आह्वान गर्न माग गर्दै नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुख परशुराम खापुङलाई पत्र बुझाएका छन् ।

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बुझाएको पत्रमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएर स्वतः पदमुक्त भइसकेको दाबी गरिएको छ ।

गत २६ चैतमा एमाले र माओवादीले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको ३० दिन अर्थात २५ वैशाखसम्म मुख्यमन्त्रीले विश्वासको मत नलिएका कारण उनी स्वत: पदमुक्त भएको भन्दै एमाले र माओवादीले नयाँ सरकार गठनको आह्वान गर्न माग गरेका हुन् ।

उनीहरुले वैशाख ६ गते भएको प्रदेश सभा अधिवेशनमा पनि विश्वासको मत लिन संकल्प प्रस्ताव पारित गरेको तर आफू अल्पमतमा रहेको थाहा हुँदाहुँदै पनि विश्वासको मत माग्न प्रदेश सभा अधिवेशन आह्वान नगरेको आरोप लगाएका छन् ।

पत्रमा भनिएको छ, ‘०८१ वैशाख २५ गते राति १२ बजेबाट माननीय केदार कार्की कोशी प्रदेश सरकारको मुख्यमन्त्री पदको संवैधानिक र कानुनी हैसियत स्वतः पदमुक्त भइसक्नु भएको हुँदा नेपालको संविधानबमोजिम नयाँ सरकार गठनका लागि तत्काल उपयुक्त प्रक्रिया प्रारम्भ गर्न माननीयज्यू समक्ष हार्दिक अनुरोध गर्दछौं ।’

हेर्नुस् एमाले र माओवादीले प्रदेश प्रमुखलाई बुझाएको पत्र

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?