+
+

वीरगञ्जको बजेट : एक हजार ईंट्टामा १५० रूपैयाँ प्रदूषण कर

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते १५:१५

६ असार, काठमाडौं । वीरगञ्ज महानगरपालिकाले ईंट्टामा प्रदूषण सेवा शुल्क लिने घोषणा गरेको छ ।

महानगरका उपप्रमुख इम्तियाज आलमले बुधबार प्रस्तुत गरेको बजेटमा महानगरभित्र सञ्चालित ईंट्टा उद्योगले उत्पादन गर्ने प्रति ईंट्टामा १५ पैसा प्रदूषण सेवा शुल्क लिने घोषणा गरेका हुन् ।

वीरगञ्ज महानगरले स्वास्थ्यका लागि हानिकारक रक्सी, गुटखा, तम्बाखु उद्योगलाई थप ५० प्रतिशत व्यवसाय कर लगाउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएको महानगरले व्यवसाय कर वृद्धि गरेको हो। फलाम, सिमेन्ट, जङ्‍कफूड, पेन्टस र ईंट्टा उद्योगलाई व्यवसाय करमा ५० प्रतिशत थप गरी लिने व्यवस्था बजेटले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?