+
+

इमेज सहकारीविरुद्ध कास्की र बागलुङमा साढे १५ सय उजुरी

झण्डै २ अर्ब बचत रकम पाउनुपर्ने दाबी, २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते १८:३०

७ असार, पोखरा । आफ्नो  वचत रकम हिनामिना गरेकव भन्दै इमेज सहकारी संस्था र यसका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध बागलुङ र कास्कीका साढे १६ सय जनाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका देवकुमारले बचतकर्ताको अर्बौं रुपैयाँ रकम हिनामिना पारेर भागेको आरोप छ। देवकुमारसहित सञ्चालक समितिका सदस्य फरार भएपछि जिल्ला प्रहरी कार्यालय बागलुङले जेठ २१ गते र कास्कीले जेठ ३२ गतेबाट बचत रकमसहित प्रमाण जुटाएर जाहेरी दिन आह्वान गरेको थियो।

बागलुङका ३ ठाउँमा र पोखराको सिर्जनाचोकमा कार्यालय रहेको इमेज सहकारीका सञ्चालकले रकम हिनामिना परेको भन्दै बागलुङमा अहिलेसम्म झण्डै १३ सय जना र पोखरामा २ सय ७६ जनाले प्रहरीमा जाहेरी दिएका हुन्।

बुधबार बेलुकासम्म बागलुङका ३ शाखामा बचत रकम पाउनुपर्ने भन्दै १ हजार २६० जनाले जाहेरी दिएको र १ अर्ब १७ करोड १४ लाख रकम दाबी गरेको बागलुङका डिएसपी मदन केसीले जानकारी दिए।

कास्कीमा बिहीबार बेलुकासम्म २ सय ७६ जनाले जाहेरी दिएको र ४५ करोड ६० लाख ९६ हजार रुपैयाँ पाउनुपर्ने दाबी गरेको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी श्रवणकुमार विकले जानकारी दिए। विकका अनुसार ठगी तथा सहकारी ऐन अन्तर्गत जाहेरी दर्ता गरिएको छ।

प्रहरीले पोखराको सञ्चालक समितिबारे पनि अनुसन्धान गरिरहेको विकले बताए। ढोरपाटनका मेयर नेपाली गत जेठ ५ गतेदेखि फरार छन्।

इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित फरार कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई गत वैशाख ७ गते गृहमन्त्रालयले यात्रा अनुमतिमासमेत रोक लगाएको थियो।

फरार भनिएकामध्ये त्यसमध्ये बागलुङ प्रहरी कार्यालयले सञ्चालक चित्रबहादुर भण्डारी र लेखा प्रबन्धक लालमती रोकालाई पक्राउ गरेको छ। ६ दिनअघि २ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको र बाँकीको खोजी भइरहेको बागलुङका डीएसपी केसीले जानकारी दिए। सहकारी प्रबन्धकले प्रयोग गर्ने बा १४ च ९१०६ नम्बरको स्कारपियो पनि पहरीले नियन्त्रणमा लिएको छ।

इमेज सहकारीको बागलुङ बजार, गलकोट र बुर्तिबाङमा गरी ३ वटा शाखा बागलुङमा मात्र छन् भने पोखरा सिर्जनाचोकमा समेत यसको शाखा छ।

बागलुङमा मात्र २ अर्बभन्दा बढी रकम हिनामिना भएको अनुमान गरिएको छ। तर, त्यो अनुमानभन्दा बढी दाबी आउन सक्ने र करिब ४ हजार जनाको जाहेरी पर्न सक्ने प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?