
८ असार, धनगढी। नेकपा एमालेले सुदूरपश्चिम प्रदेशको अधिवेशन अगामी भदौ २२ र २३ गते गर्ने निर्णय गरेको छ।
शुक्रबार धनगढीमा बसेको एमाले प्रदेश कमिटिको बैठकले भदौ २२ र २३ गते गर्ने निर्णय गरेको प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए।
बैठकले २०८० लाई अधिवेशन वर्षका रुपमा मनाउने निर्णय समेत गरेको छ । मंसिर मसान्तभित्र जिल्ला अधिवेशन, माघ मसान्तसम्म पालिका अधिवेशन र चैत मसान्तसम्म वडा अधिवेशन सम्पन्न गर्न मातहतका कमिटीलाई निर्देशन दिने निर्णय समेत भएको प्रदेश सचिव पाठकले बताए ।
बैठकमा प्रस्तुत भएको वार्षिक कार्ययोजनाअनुसार सदस्यता नवीकरणलाई अन्तिम रुप दिने तथा प्रचारप्रसारको कामलाई तीव्रता दिंदै पार्टीको वैचारिक स्कुल चलाउने निर्णय समेत गरिएको छ।
शुक्रबारको बैठकमा पार्टी केन्द्रले गरेको निर्णयअनुसार सुदूरपश्चिम प्रदेशका इन्चार्ज तोकिएका केन्द्रीय सचिव छविलाल विश्वकर्मालाई स्वागत गरेको छ भने कर्णाली प्रदेशको इन्चार्जको जिम्मेवारी तत्कालीन सुदूरपश्चिम इन्चार्ज तथा केन्द्रीय सचिव लेखराज भट्टको बिदाइ पनि गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4