+

नेपालले लगातार खायो दुई गोल

२०८० असार  ९ गते २१:१० २०८० असार ९ गते २१:१०
नेपालले लगातार खायो दुई गोल

९ असार, काठमाडौं । बेंगलुरुमा भइरहेको साफ च्याम्पियनसिप फुटबलमा भारतले नेपालविरुद्ध २ गोल गरेको छ ।

पहिलो हाफ गोलसहित बराबरी खेलेको नेपालले ६१औं मिनेटमा गोल खाएको हो । भारतका लागि सुनिल क्षेत्रीले गोल गरे ।

त्यस्तै ७० औं मिनेटमा पनि भारतले गोल गरेको छ । सनिल क्षेत्रीको प्रहार गोलकिपर किरण चेम्जोङले रोकेका थिए । तर पोस्टको बारमा लागेर बाउन्स भएको बलमा नओरिम महेश सिंहले गोल गरे ।

यो खेलमा पराजित भए नेपाल साफ च्याम्पियनसिपमा पहिलो चरणबाटै बाहिरिनेछ ।

फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय