+
+

सेनाको संख्यालाई निरपेक्ष रुपमा हेर्नु हुन्न : रक्षामन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते १२:२०

११ असार, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सेनाको संख्यालाई निरपेक्ष रुपमा हेर्न नहुने बताएका छन् ।

मन्त्रालयगत बजेटमाथि संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा रक्षामन्त्री खड्काले सुरक्षा परिषद्को सिफारिसमा सरकारले सेनाको संख्याबारे निर्णय गर्ने कानुनी व्यवस्था रहेको बताए ।

उनले भने, ‘संविधान तथा कानुनले सुम्पिएको जिम्मेवारी, सरकारद्वारा समय–समयमा तोकिएका अन्य जिम्मेवारी, अन्तर्राष्ट्रिय रुपमा शान्ति स्थापना कार्यमा सक्रिय रहँदा गर्नुपर्ने कार्य, मुलुकको भौगोलिक अवस्था, अन्तर्राष्ट्रिय परिवेशका आधारमा नेपाली सेनाको संख्या निर्धारण हुने भएकाले हामीले निरपेक्ष रुपमा हेर्नुहुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?