+
+
Shares

नागरिकता लिन भोकभोकै लाइनमा

अनलाइनखबर अनलाइनखबर
२०८० असार १२ गते ११:१५

१२ असार, विराटनगर । नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा भीड लागेको छ । सेवाग्राहीहरु बिहान झिसमिसेदेखि नै लाइनमा बसेको बताएका छन् ।

नागरिकता बनाउनेहरुको जिल्ला प्रशासन कार्यालयदेखि शनिबारे हटियासम्म २५० मिटर लामो लाइन लागेको छ । लाइनमा बसेकाहरू भोकभोकै छन् ।

धनपालथान गाउँपालिका १ बाट आएका सुनिल ऋषिदेवले बिहान ४ बजेदेखि लाइन लागेको बताए । घरबाट एक घण्टा साइकल कुदाएर प्रशासन कार्यालयमा आएको बताउँदै उनले भने, ‘बिहानैदेखि बसेको छु, भात खाएको छैन, नागरिकता बनाएपछि खाना खान जाने ।’

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक अनुसार सर्वोच्च अदालतले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन बाटो खोलेपछि जिल्ला प्रशासन कार्यालयहरुले नागरिकता वितरण सुरु गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार पहिलो दिन १२८ जनालाई नागरिकता वितरण गरेको जनाएको छ । नागरिकता वितरणका लागि कोठा नम्बर १६ छुट्याइएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?