१३ असार, काठमाडौं । लिसेस्टर सिटीका मिडफिल्डर जेम्स म्याडिसन टोटनहमसँगको अनुबन्धनका लागि सहमति नजिक पुगेका छन् ।
क्लबले म्याडिसनलाई ४० मिलियन पाउण्डमा अनुबन्ध गर्न लागेको हो । २६ वर्षीय म्याडिसनले इङ्ल्यान्डबाट ३ खेल खेलेका छन् ।
उनले २०२१ मा फक्सलाई एफए कप जित्न पनि मद्दत गरेका थिए । उनी नयाँ क्लबमा आवद्ध हुन बुधबार मेडिकल टेष्टका लागि तयार भएका हुन् ।
२०१८ मा लिसेस्टर सिटीमा आवद्ध भएका उनले लिसेस्टरका लागि २०३ खेल खेलेका छन् । उनले २०१८ मा लिसेस्टरमा २० मिलियन पाउण्डमा सम्झौता गरेका थिए ।
म्याडिसनले पछिल्लो सिजन प्रिमियर लिगमा १० गोल गरे, तर पनि उनले क्लबलाई रेलिगेट हुनबाट भने बचाउन सकेनन् । उनले फक्सका लागि जम्मा ५५ गोल र ४१ असिस्ट गरेका छन् ।
उनको कलात्मक क्षमताका कारण २०२० मा क्रिस्टियन एरिक्सनले क्लब छोडेपछिको ठाउँ पूर्ति गर्न सहयोग गर्नेछ ।
यसअघि न्युक्यासलले पनि उनलाई भित्र्याउन चाहेको थियो र उनी पनि एसी मिलानमा जाने ध्यानमा थिए ।
टोटनहमले मंगलबार सिरी एको क्लब एम्पोलीका गोलकिपर गुल्लिल्मो विकारियोलाई अनुबन्ध गरेको थियो । नयाँ म्यानेजर एन्ज पोस्टेकोग्लुको आगमनपछि युभेन्टसका डेजान कुलुसेवस्कीको लोन ट्रान्सफर पनि पक्का गरिएको हो ।
केही समय अघिसम्म इटालियन पत्रकार फेब्रिजियो रोमानोले म्याडिसन र टोटनहमको मौखिक सहमतिबारे ट्वीट गरेका थिए । उनले मौखिक सम्झौता भएको र मेडिकल टेष्ट र अनुबन्धताको लागि कागजपत्र तयार भइरहेको खुलाएका थिए ।
प्रतिक्रिया 4