+
+

चितवनमा केपी ओलीको धान रोपाइँ

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते ११:३९

१५ असार, चितवन । असार १५ मनाउन चितवन आएका नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोपेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मेसिनबाट ओलीले धान रोप्ने क्रमको सुरुवात गरेका हुन् ।

धान रोपाइँका लागि ओली बिहीबार दिउँसो नै  चितवन आएका थिए ।

भरतपुर महानगरपालिका वडा नं.२४ मा रहेको केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीको ३ विघा जग्गामा धान रोपाइँ भएको छ ।  बोरिङ्गबाट तानिएको पानीले खेत हिलो बनाइएको थियो  ।

ओलीले मेसिनबाट धान रोपेपछि केहीबेर किसानहरूसँग अन्तर्क्रिया पनि गरेका छन् । चितवन कृषिको व्यवसायीकरण र आधुनिकरण भएको ठाउँ भएको र देशब्यापी सन्देश पनि जाने भएकाले चितवन रोजिएको एमाले निकट अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?