+
+

ओस्कार अवार्डले थप्यो ३९८ सदस्य, भारतबाट करण जोहर, रामचरण र जुनियर एनटीआर

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते १३:०९

काठमाडौं । ओस्कार अवार्ड आयोजक संस्था एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एण्ड साइन्सेजले थप ३९८ जनालाई सदस्यमा मनोनित गरेको छ । थपिएका नयाँ सदस्यमा म्युजिक सुपरस्टार टेलर स्वीफ्ट, अस्टिन बटलर, के हुवा क्वान लगायत हलिउडकर्मी छन् । यसपटक विदेशी फिल्ममेकरलाई पनि उल्लेख्य मात्रामा सदस्य बनाइएको छ ।

भारतबाट जुनियर एनटीआर, रामचरण र करण जोहरलाई सदस्य बनाइएको छ । नयाँ सदस्य संख्या थपिएसँगै ओस्कारका सदस्य संख्या १० हजार ८१७ पुगेको छ । ओस्कार सदस्य बनेपछि मतदान अधिकार प्राप्त हुन्छ । फिल्मको मनोनयन र विजयमा ओस्कारका मतदाताको निर्णायक हात हुन्छ ।

सन् २०२३ सम्म ओस्कारमा ४० प्रतिशत सदस्य महिला छन् । ३४ प्रतिशत अल्पसंख्यक जातीय समुदायबाट छन् भने ५२ प्रतिशत संयुक्त राज्य अमेरिका बाहिरका छन् । ‘एकेडेमी यी कलाकार र पेशेवरलाई हाम्रो सदस्यतामा स्वागत गर्न पाउँदा गर्व गर्छ,’ एकेडेमी सीईओ बिल क्रेमर र एकेडेमीका अध्यक्ष जेनेट याङले भने, ‘तिनीहरूले सिनेम्याटिक विषयमा असाधारण वैश्विक प्रतिभाको प्रतिनिधित्व गर्छन् । फिल्म कला, विज्ञान र विश्वव्यापी फिल्मको प्रशंसामा महत्वपूर्ण प्रभाव पारेका छन् ।’

विशेषगरी कास्टिङ निर्देशक, पोशाक डिजाइनर, मेकअप कलाकार, हेयर स्टाइलिस, बजारीकरण र सार्वजनिक सम्बन्ध विधामा महिला सदस्यमा उल्लेख्य थप गरिएको छ । अभिनेता र निर्देशक शाखामा उनीहरूका अधिकांश उम्मेदवार कम प्रतिनिधित्व भएका जातीय समुदायका थिए ।

यस वर्षको अवार्डका दाबेदारसँग मार्टिन स्कोरसेसको ‘किलर्स अफ द फ्लावर मुन’मा लियोनार्दो डिक्याप्रियो र डेनिस भिलेनेउभको ‘ड्युन पार्ट २’ मा जेन्डाया र टिमोथी चालमेटको साथमा ठूलो स्टार पावर र पुराना फिल्म निर्माता हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?