+
+

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले सिंगापुरसँग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते १७:००

१६ असार, काठमाडौं । मलेसियमा चलिरहेको एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले सिंगापुरलाई प्रतिद्वन्द्वी पाएको छ ।

समूह बीको खेलमा हङकङसँग ७ विकेटले पराजित हुँदै उपविजेता बनेपछि सिंगापुरको भेट नेपालसँग हुन लागेको हो ।

नेपालले समुह बीको दोस्रो स्थानमा रहेको सिंगापुरसँग सोमबार (३ जुन) मा सेमिफाइनल खेल्नेछ । नेपालको खेल बायोमास ओभल क्रिकेट मैदानमा हुनेछ ।

समूह बीको विजेता हङकङले भने घरेलु टोली मलेसियासँग खेल्ने छ ।

समुह ए र बी को तेस्रो स्थानमा रहेका थाइल्यान्ड र इन्डोनेसियाबीच प्ले अफ खेल हुनेछ ।

यो खेलमा जित्ने टिम पाँचौ हुनेछ भने पराजित टिमले समुह बीको चौथो स्थानमा रहेको माल्दिभ्ससँग सातौ स्थानका लागि खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?