+
+

मगस, टिभ्स र एनआईसीलाई उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते १८:०५

१५ असार, काठमाडौं । मगस, टिभ्स र एनआईसीले प्रथम हिमालय एसईई बास्केटबल तथा फुटसल प्रतियोगिताको उपाधि जितेका छन् ।

शुक्रबार भएको फाइनल खेलमा थ्री बाइ थ्री बास्केटबलको पुरुषमा मगस र महिलामा टिभ्स च्याम्पियन बने । पुरुष फुटसलमा एनआईसी पहिलो भयो ।

कोटेश्वरस्थित आयोजक हिमालय स्कुल/कलेजको कोर्टमा भएको पुरुष बास्केटबल फाइनलमा मगसले विनायक सिद्ध (भीएस) लाई १५–१४ को साँघुरोअन्तरले पराजित गर्‍यो ।

बास्केटबलमा महिलाको उपाधि भिडन्तमा टिभ्सले ब्राभोलाई ६–४ ले हरायो । पुरुषबाट मगसका आशिष थापा मगर तथा महिलाबाट टिभ्सकी पेम्बा डोल्मा शेर्पा उत्कृष्ट खेलाडी घोषित भए ।

पुरुष फुटसल फाइनलमा एनआईसी पहिलो तथा आयोजक हिमालय दोस्रो भयो ।

एञ्जल्स लर्डका सुशील कुमाल उत्कृष्ट खेलाडी चुनिए । बास्केटबल र फुटसल दुवैमा पहिलो हुने १० हजार तथा दोश्रोले ५ हजार नगद पुरस्कारसहित ७५ प्रतिशत छात्रवृत्ति प्रदान गरिएको छ ।

सहभागी टिमका प्रत्येक सदस्यलाई पनि प्रोत्साहन स्वरुप ५० प्रतिशत छात्रवृत्ति प्रदान गरियो । विजेतालाई हिमालयका प्रिन्सिपल रामहरि सिलवाल, प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारी र बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतिले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दुई सञ्चालित यस प्रतियोगिताअन्तर्गत बास्केटबलको पुरुषमा ५० तथा महिलामा १६ गरी ६६ तथा फुटसलमा ८ पुरुष टिम सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?