+
+

लगातारको वर्षापछि पाल्पामा सिद्धार्थ राजमार्ग अवरुद्ध   

रासस रासस
२०८० असार १६ गते १४:१८

१६ असार, रामपुर (पाल्पा) । अविरल वर्षाका कारण पाल्पाका विभिन्न सडकखण्ड अवरुद्ध बनेका छन् । दुई दिनदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग, कालीगण्डकी करिडोर तथा विभिन्न सडकखण्ड बन्द छन् ।

सिद्धार्थ राजमार्गअन्तर्गत माथागढी गाउँपालिका–१ धैरेनी, बगनासकाली–४ सेरा र रम्भा गाउँपालिका–३ लसुने नजिकै पहिरो खसेको छ । यस्तै कालिगण्डकी करिडोरअन्तर्गत पाल्पाको रम्भा–२ र ३ को सिमानामा रहेको सहर्दीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

बिहीबार रातिदेखि परेको वर्षाले कालिगण्डकी करिडोर शुक्रबारदेखि अवरुद्ध भएको हो । वर्षाका कारण पहिरो हटाउन समस्या भएको छ । सडकमाथिबाट ढुङ्गासहित पहिरो खस्ने क्रम जारी रहेको रम्भा–१ का वडाध्यक्ष ईश्वर काफ्लेले बताए ।

कालिगण्डकी करिडोरअन्तर्गतकै रामपुर नगरपालिका–१ स्याउली बजार र साँखर्दी खोलाको बिच भागमा पहिरो खसेपछि सडक अवरुद्ध भएको ज्ञानमन्जरी प्राविका प्रधानाध्यापक दानस मल्लले बताए ।

यस्तै पूर्वी पाल्पा जोड्ने आर्यभन्ज्याङ–जब्गादी–रामपुर सडकखण्डका विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध छ । रामपुर जोड्ने सडक निस्दी–५, ढुङ्गानाबेँसी नजिकै पहिरो खसेको छ । सडक अवरुद्ध भएपछि यात्रु बीच बाटोमा अलपत्र छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?