+
+

हाफ म्याराथनको उपाधि राममायालाई

अनलाइनखबर अनलाइनखबर
२०८० असार १६ गते १५:५७

१६ असार, काठमाडौं । प्रथम महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबकी राममाया बुढाले जितेकी छन् ।

सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिकोत्सवको अवसरमा शनिबार भएको दौडको २१ किलोमिटर दुरी उनले १ घण्टा २६ मिनेट ९ सेकेण्डमा पार गरिन् । हल्चोकको रंगशालाबाट सुरु भएको दौड स्वयम्भु, कलङ्की, बल्खु, सानेपा, एकान्तकुना, सातदोबाटो, एन्फा फुटबल ग्राउण्ड पुगेर पुनः हल्चोक रंगशाला आएर समापन भएको थियो ।

नेपाल एपीएफ क्लबकी बिन्दाधन्के श्रेष्ठले १ घण्टा २७ मिनेट २७ सेकेण्डमा दौड पूरा गरेर दोस्रो र त्रिभुवन आर्मीकी पूर्ण राज्यलक्ष्मी न्यौपानेले १ घण्टा २७ मिनेट ५० सेकेण्डमा दौड पूरा गरेर तेस्रो भइन् । विजेता राममाया बुढाले १ लाख रुपैयाँ जित्दा बिन्दाधन्केले ७५ हजार र पूर्ण राज्यलक्ष्मीले ५० हजार रुपैयाँ हात पारिन् ।

१ घण्टा ३२ मिनेट १८ सेकेण्डमा दौड पूरा गर्दै एपीएफ क्लबकी आशा राउत चौथो र १ घण्टा ३२ मिनेट २८ सेकेण्डमा दौड पूरा गरेकी पुलिस क्लबकी सुमित्रा चौधरीले पाँचौं भइन् । उनीहरुले क्रमशः २५ र १५ हजार रुपैयाँ जितेका छन् ।

प्रतियोगितमा त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ क्लबका साथै सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालय र अरु गरी ४२ महिला धावकले सहभागिता जनाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?